जनता टाइम्स

२९ पुष २०७६, मंगलवार २१:०७

राम्रा कामको प्रशंसा गर्ने मुटु र मन भएका सम्पादक छैनन : प्रधानमन्त्री ओली


काठमाडौं, पुष २९

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामले प्राथमिकता नपाउने गरेको बताउनु भएको छ । यद्यपी उहाले त्यस्ता समाचारमा प्राथमिकता नपाएपनि गरिब र घरबार विहिनका लागि भने ठुलो काम गरिरहेको बताउनु भएको छ ।

नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामहरुका विषयमा समाचार नै नबनेको बताउनु भयो ।

उहाले यसो भन्नुभयो –

पहिले पहिले बालबालिकाहरु पहिले कुकुरसँग लडाई गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो । अहिले यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन् । उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलायइएको छ । मान्छेहरु सडकमा लडिरहेका हुन्थ्ये, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थ्यो, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो तर आज त्यस्ता व्यक्तिहरु सडकम छैनन् । उनीहरुलाई सडकबाट उठाएर हामीले प्रवन्ध मिलाएका छौँ । नेपाल भिखारीको देश होइन भन्दै आएका छौँ । कोही बेघर हुनु पर्दैन् । ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ, हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ लाग्छ ।

हामीले काम गरेका छौँ । त्यस्ता कामहरुको प्रशंसामा लेख्ने प्रशारण गर्ने टेलिभिजन छैन् । त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन् । यदि छ्यास्सछुस्स कसैले लेखिहाल्यो भनेपनि गाली खान्छ । राम्रा कुरा पनि गर्न थालिस विग्रिन्छस भन्छन्, सकारात्मक कुरापनि गर्न थालिस भन्ने आउँछन् । मैले जहाजका कुरा गरे, पूर्व पश्चिम रेलका कुरा गरेँ, उत्तर दक्षीण रेलका कुरा गरेँ अहिले त्यसको कामहरु लगभग सकिएर निर्माण भइरहेको छ । पहिले हामीलाई रोडको समस्या थियो । अहिले कोलकत्ता मात्रै होइन् विसखापट्टनम, मुम्बइ, पूर्व–पश्चिम सबै ठाउँबाट रोड छ । चीनसँग पनि हामीले विभिन्न सम्झौत गरेका छौ । धेरै नाकाहरु खुलिसकेका छन्, हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो । हामी कहाँ छौँ भन्दा छाउपडीवालाहरुको दुनियाँमा छौँ । तर त्यस किसिमबाट बाहिर आउनुपर्छ । सामाजिक जागरणमा अगाडी बढ्नुपर्छ ।