जनता टाइम्स

१ माघ २०७६, बुधबार १०:२९

नयाँ बसपार्कबाट यौन क्रियाकलापमा संलग्न ठुलो समुह पक्राउ


काठमाडौं, माघ १

प्रहरीले काठमाडौंबाट अनैतिक यौन क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । नयाँ बसपार्क क्षेत्र गंगबुबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४३ पुरुष, २५ युवती र पाँच तेस्रोलिङ्गी छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले मंगलबार दिउँसो नयाँ बसपार्क क्षेत्रका होटलहरुमा छापा मारेको थियो । नयाँ बसपार्क क्षेत्रका खाजाघर तथा रेस्टुरेन्टमा चलाइएको ‘स्विप अप्रेशन’ का क्रममा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरु लागुऔषध दुव्र्यसनी, वेश्यावृत्ति र असामाजिक गतिविधिमा संलग्न भएका प्रहरीले जनाएको छ । उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।