काठमाडौं, असार ४
विश्वकप फुटबलमा समुह चरणको पहिलो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल अहिले स्विजरल्याण्डसग खेलिरहेको छ । पहिलो हाफ सकिदा ब्राजिलले एक शुन्यको अग्रता बनाएको छ । विश्वका अन्य महारथी राष्ट्र पहिलो खेलमा बराबरी वा हार व्यहोरिरहेका ब्राजिलले भने अग्रता बनाउन सफल भएको छ । उसका लागि बार्सिलोनाका स्ट्राइकर समेत रहेका फिलिप काउटिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका हुन् ।
विलियमको पासमा काउटिन्होले खेलको २० औं मिनेटका निक्कै नै उत्कृष्ठ गोल गरेका हुन् । त्यसपछि पनि ब्राजिलले लगातार आक्रमणको प्रयास गरिरहेपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा एक गोलको अग्रता लिएको हो ।
Leave a Reply