जनता टाइम्स

१ माघ २०७६, बुधबार १४:१०

लिबियामा जारी संकट समाधानका लागि जर्मनीद्धारा सम्मेलनको आयोजना


बर्लिन, माघ १

जर्मनीले लिबियामा जारी संकट समाधानका लागि प्रमुख सरोकारवाला राष्ट्रहरुका बीचमा सम्मेलनको आयोजना गरेको छ । सम्मेलन आगामी आइतबार हुने जर्मनीको संघीय सरकारका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् ।उनीहरुका अनुसार सम्मेलनमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन र संयुक्त अरब इमिरेट्स (युएई), टर्की, गणतन्त्र कंगो, इटाली, इजिप्ट र अल्जेरियाका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

त्यसैगरी संयुक्त राष्ट्रसंघ, युरोपेली संघ, अफ्रिकन युनियन र अरब लिगलगायतका संघ संस्थाका प्रतिनिधिहरु पनि सम्मेलनमा सहभागी हुने जर्मनीका सरकारी अधिकारीहरुले जारी गरेको वक्तव्यमा जनाइएको छ । वक्तव्यका अनुसार जर्मन चान्सलर एञ्जेला मर्केलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेर्रेससंग परामर्श गरेर सम्मेलनको आयोजना गर्नुभएको हो ।

“लिबियाको संकट समाधानका लागि राष्ट्रसंघीय महासचिव गुटेर्रेस, लिबियाका लागि राष्ट्रसंघीय विषेश प्रतिनिधि घस्सान सलामलाई सघाउने उद्धेश्यले नै आगामी आइतबार बर्लिनमा हुनेगरी जर्मन चान्सलर एञ्जेल मर्केलले सम्मेलनको आयोजना गर्नु भएको हो,” जर्मन सरकारका प्रवक्ता सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।