काठमाडौं, माघ २
राजधानीका थप ६ मुख्य चोकमा ट्राफिक लाइट संचालनमा आएको छ । लामो समयदेखी थन्किएर रहेका लाइट पुन संचालनमा ल्याइएको हो ।
काठमाडौं सडक डिभिजनका अनुसार कालीमाटी, मित्रपार्क, गौशाला, पुरानो वानेश्वर, सिंहदरबार, पद्मोदय चोकमा ट्राफिक लाइट सन्चालनमा ल्याइएको छ ।
यसअघि नयाँ बानेश्वर र महाराजगन्जमा मात्र ट्राफिक लाइट सञ्चालनमा रहेको थियो । राजधानीका कोटेश्वरसहित केही स्थानमा ट्राफिक लाइटका पूर्वाधार भएपनि मर्मत नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । यी ट्राफिक लाइट नेपाली इन्जिनियरले नै बनाएका हुन् । विभागले राजधानीका सडकमा ट्राफिक लाइट जोड्न एक वर्षअघि नै ठेक्का खुलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्