जनता टाइम्स

२ माघ २०७६, बिहीबार १२:४५

सभामुख चयनका विषयमा नेकपा अध्यक्षद्वय ओली–प्रचण्डबीच छलफल


काठमाडौं, माघ २

सभामुख चयनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाहरुबीच छलफल भएको हो ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको चयन पहिला गरेपछि मात्र पदबाट राजिनामा दिने अडान राखेपछि दुई अध्यक्ष छलफलमा जुट्नु भएको नेताहरुले जानकारी दिनुभएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि दुई अध्यक्षबीच छलफल भएको जानकारी दिनुभयो । उहाले अध्यक्षद्वयको छलफल सभामुख कसलाई बनाउने भन्नेमै केन्द्रित रहेको बुझेको बताउनु भयो ।