जनता टाइम्स

२ माघ २०७६, बिहीबार १२:५३

‘छोरी शिक्षा बिमा’ लाई प्रभावकारी बनाउन शिविर चलाउँदै प्रदेश सरकार


जलेश्वर, माघ २

महोत्तरीमा आजदेखि छोरी शिक्षा बिमा शिविर शुरु गरिएको छ । प्रदेश नं २ सरकारबाट ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र श्री महेन्द्र आदर्श महिला माध्यमिक विद्यालयमा छोरी शिक्षा बिमा शिविर शुरु गरिएको हो ।

जलेश्वर नपामा आज र शुक्रबार दुई दिन शिविर सञ्चालन हुने छ भने महोत्तरीका १५ वटै स्थानीय तहका वडाको सङ्ख्या हेरी एक/दुई दिन गर्दै आगामी फागुनको २ गतेसम्म यो शिविर सञ्चालन सञ्चालन हुनेछन् । शिविर गौशाला नगरपालिकामा गएर सम्पन्न हुनेछ । यस कार्यक्रमअन्तर्गत २०७५ माघ २ गतेदेखि आजसम्म जन्मेका बालिकालाई प्रदेश सरकारले २० वर्षपछि रु एक लाख पाउने गरी निःशुल्क बिमा गर्ने भएको छ ।