जनता टाइम्स

२ माघ २०७६, बिहीबार १५:३२

भ्रमण वर्षमा कविलास रिसोर्टको विशेष प्याकेज


चितवन, माघ २

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको कविलास रिसोर्टले विशेष प्याकेज ल्याएको छ । आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा रिसोर्टका अध्यक्ष बाबुराम उपाध्यायले रिसोर्टले २० प्रतिशत छुटसहित विभिन्न प्याकेज ल्याएको बताउनुभयो ।

उहाँले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको पनि भूमिका रहेकाले छुटसहितको प्याकेज घोषणा गरिएको जानकारी दिनुभयो । रिसोर्टमा गुणस्तरीय खाना र बस्ने व्यवस्थादेखि मनोरञ्जनका लागि फनपार्क, वाटर पार्क र स्वीमिङ पुल, वनभोजस्थल, धार्मिक कार्यक्रमका लागि सिद्धेश्वर महादेवको मन्दिरसमेत रहेको छ ।

रिसोर्टले नै सौराहा, जनकपुर, लुम्बिनी, देवघाट, शास्वतधाम, गणेशस्थान, बीसहजारी तालसमेत घुमाउने छ । रिर्सोटमा पारिवारिक रुप्मा बस्न मिल्ने, आफूले पकाएर खान मिल्ने सात पारिवारिक भिल्ला, एकै पटकमा ४० देखि ५० समूहलाई पुग्ने वनभोज, जैविक फार्म हाउसः खेतीपाती, कुखुरापालन, बाख्रापालन, हाँसपालनसमेत रहेका छन् ।

उहाँका अनुसार भ्रमण वर्षमा रिसोर्टमा आई रात बिताउने पाहुनालाई बिहानको खाजा र पैडी खेल्न निःशुल्क गरिएको छ । भ्रमण वर्षका अवसरमा होटल एशोसिएशन नेपाल, नेपाल पर्यटन व्यवसासीले समेत छुट दिँदै आइरहेका छन् । करीब रु ६० करोड लगानीमा रहेको रिसोर्ट २५ बिघा क्षेत्रफलमा रहेको छ ।