जनता टाइम्स

२ माघ २०७६, बिहीबार २०:१२

त्रिशुलीमा हाम फाले दुई सन्तानसहित दम्पत्ति, श्रीमतीको मृत्यु, दुवै बच्चा बेपत्ता


धादिङ, माघ २

दुई नाबालकसहित एक दम्पत्तिले त्रिशुली नदिमा हाम्फालेका छन् । दुई वर्ष र ६ महिनाका छोरासहित दम्पत्तिले झलुंगे पुलबाट त्रिशूलीमा हाम फालेका हुन् ।

बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको र दुई बच्चा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनु भयो । श्रीमानको भने तत्कालदै उद्धार गरिएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–५ थानकोट घरभइ गजुरीस्थित आदमघाट ससुराली आएका अन्दाजी ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती जमुनाले त्रिशुलीमा हाम फालेका हुन् । बिहीबार साँझ साढे ६ बजे धादिङ र गोरखाको घ्याल्चोक जोडने पुलबाट हाम्फालेको प्रहरीले बताएको छ ।