जनता टाइम्स

३ माघ २०७६, शुक्रबार ११:१७

यसकारण त्रिशुलीमा हाम्फाले विनयका परिवारले !


धादिङ, माघ ३

कान्छा छोराको पास्नी गर्न भन्दै ससुराली हिँडेका काठमाडौंका विनय लामिछानेले परिवारका तीन सदस्यलाई एकैपटक गुमाउनु परेको छ । तर, स्वयम उनि भने बाँच्न सफल भएका छन् ।

दुई नाबालक छोरासहित विनयका दम्पत्तिले विहिवार साँझ साढे ६ बजेतिर त्रिशुली नदीमा हाम्फालेका थिए । काठमाडौं चन्द्रागिरि नगरपालिका–४ का ३५ वर्षीय विनयलाई स्थानीयले उद्धार गरेका थिए । उनकी ३० वर्षीया श्रीमती जमुनाको बिहीबार साँझ नै शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार दुई वर्षीय छोरा विजन र छ महिनाका छोरा अझै बेपत्ता छन् ।

बेपत्ता उनीहरूको अवस्था अज्ञात रहेको रेग्मीले बताउनु भयो । उनिहरुको आज विहानैबाट खोजी कार्य शुरु भएको छ । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको एसपी रेग्मीले जानकारी दिनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आत्महत्या गर्ने योजना बनाएको हुनसक्ने अनुमान गरेको छ ।