जनता टाइम्स

५ माघ २०७६, आईतवार १२:५१

नेकपामा सभामुखको सहमति जुट्यो, चार बजे सचिवालय बैठक आह्वान


काठमाडौं, माघ ५

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखको सहमति जुटेको छ । आज विहान भएको छलफलमा सभामुखको चयन गर्ने सहमति जुटेको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा पटक–पटक छलफल हुँदै आएको थियो । सचिवालय बैठकले अनुमोदन गरेपछि सभामुखको नाम सार्वजनिक गर्ने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख चयनको विषयलाई लिएर केही दिन अघिदेखी नै छलफल चलिरहेको थियो । यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सुचना टाँसेर स्थगित भइसकेको छ । पुस ४ गते संसदको हिउँदे अधिवेशन शुरु भएको भएपनि सभामुख चयनमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ । सभामुखका लागि सुवास नेम्वाङ, अग्नी सापकोटा, पम्फा भुषाल, हरिबोल गजुरेल लगायतका नेताहरुको चर्चा छ ।