चितवन, माघ ५
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाले आत्महत्या दुरूत्साहनको मुद्दामा सफाइ पाएका छन् । शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अन्तिम सुनुवाइपछि चितवन जिल्ला अदालतले रवि लामिछाने, दीपक कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।
भिडियोलाई मात्र विश्वसनीय प्रमाण मान्न नसकिने भन्दै न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसहित तीनै जनालाई सफाइ दिएको उनका वकिल वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्