जनता टाइम्स

६ माघ २०७६, सोमबार ०९:४५

नागरिकको हित हुने कुरामा सरकार पछि नहट्ने मन्त्री कार्कीको घोषणा


इन्द्र न्यौउपाने\ विराटनगर, माघ ६

‘प्रदेश सरकार जनताका हितकोखातिर हरतरहले जनमुखी भएर अगाडि बढन चाहन्छ, यसमा बुद्धीजीबि र राजनीतिक नेताहरूको सकारात्मक सहयोग र सुझाव सरकारलाई आवश्यक छ’, प्रदेश–१ का आन्तरिक मामीला एव कानुनमन्त्री हिक्मतकूमार कार्की ले बाम बुद्धीजीबिहरूको भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भयो ।

प्रदेश–१ को राजधानी बिराटनगरमा नेपाल बुद्धीजिबी परिषद र नेपाल रास्ट्रिय बुद्धीजीवि संगठन मोरड्गद्वारा संयूक्त रूपमा आयोजित कार्यक्रममा कार्कीले अनुभवको कमि, नया शासन प्रणाली, कर्मचारीको अपुग र नागरिकको उपल्लो स्तरको आकांक्षाको बीच सरकारलाई हिंडन सजिलो नभएको उल्लेख गर्नुभयो । यद्यपी सरकार नागरिक हित र लोकतन्त्रको रक्षाको लागि कुनै कसर नराखी अगाडी बढने उद्घोष समेत गर्नुभयो ।

यो सरकार र शासन ब्यवस्था सफल या असफल भन्नेकुरा समाजिक ब्यवस्था, नागरिक चिन्तन र सकारात्मक टिप्पणीमा पनि भरपर्ने कुरा रहेको बताउनु भयो । संचारजगतले सरकारको स्वाच्छ आलोचना गरेर असलबाटोमा हिडन प्रेरित गर्नु साटो प्रतिपक्षको भूमिकामा झैं उभिंदा दुख्ख लागेको मन्त्री कार्कीले टिप्पणी गर्नुभयो ।

सरकार १ न प्रदेशलाई समुन्नत प्रदेश बनाउन दत्तचित्तरूपमा लागेको बताउंदै उहाले अगाडी भन्नुभयो, ‘आफ्ना पार्टीको घोषणा पत्र, निर्देशन, सहयोग र सुझाव, सरकार एंवम मन्त्रीका लागि संधै शिरोधार्य रहने छ तर त्यो कुराहरू नागरिक हितमा हुनु पर्दछ ।’

मन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई दोहोर्यायको भन्दै भन्नुभयो, ‘सरकारले जति गरेको छ त्यो अहिल्यै प्रयाप्त छैन तर, जति गरेकोछ त्यो कतैपनि सकारात्मक प्रचार भएन । यो दुख्ख लाग्ने कुरा हो ।’ १ न प्रदेशको तीनतीरै भारतसँग सिमा भएको कारण पहिलो प्राथमिकता सिमा निगरानी तर्फ दिएको उहाको भनाई थियो । प्रदेश सरकारले लोकसेवा आयोग, योजना आयोग, र जतीपनि आवश्यक आयोगमा दक्ष जनशक्ति चांडै पुर्तीगर्ने तैयारी गरेको बताउंदै पूर्णता पाएपछी बिकासे कामको गति अगाडी बढन सहज हुने उहाको भनाई थियो ।

मन्त्री कार्कीले नागरिक समाज, बुद्धीजीबी र संचारक्षेत्र सरकारको सकारात्मक आलोचक हुनुपर्नेमा पटक पटक जोड दिनुभयो । समाजको बलिया शक्तिहरू बिकाशका प्रतिपक्ष जस्तो हुनु समग्र बिकासलाईनै प्रभाव पार्ने गम्भीर बिषय रहेको टिप्पणी उहाले गर्नुभयो । ‘हामी एउटा लामो राजनीतिक कोर्ष सकेर देश निर्माणमा लागेका छौं, सवैले साथ र सहयोग पुर्याउ, प्रदेश सरकार प्रत्येक गतिमा बुद्धीजिबीहरूको सुझाव कार्यन्वयन गर्न तैयार छ’, मन्त्री कार्कीको भनाई थियो । प्रदेश–१ का बाम बुद्धीजिबीहरूको बाक्लै उपस्थिती रहेको भेलामा प्रदेश सरकारको बिकाश चार्ट प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रदेशका अग्रज नेताहरूले समेत सम्बोँधन गरेका थिए ।