काठमाडौं, माघ ६
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका दुई विमान एक आपसमा ठोकिएका छन् । सोमबार बिहान दुई जहाज ठोक्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जनकपुर उड्न लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन् ।
बुद्ध एयरको जहाजको पखेटाले यतिको जहाजमा ठक्कर दिएको थियो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ । दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्