जनता टाइम्स

६ माघ २०७६, सोमबार ११:०९

उपसभामुख तुम्बाहाङफेले पत्रकार सम्मेलन गर्दै, राजिनामाबारे जानकारी गराउने


काठमाडौं, माघ ६

उपसभामुख शिवमाया तुम्बाहाङफेले पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ । नेकपाले सभामुखमा अग्नी सापकोटालाई उम्मेदवार बनाएपछि उहाले राजीनामा दिएको घोषणा गर्न पत्रकार सम्मेलन बोलाएको नेकपाले नेताहरुले जानकारी दिएका छन् ।

संसद सचिवालय स्रोतका अनुसार उहाले आज प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा केही मिनेट अगाडि नै राजीनामा दिन लाग्नु भएको हो । संसदको बैठक १ बजे बस्दैछ । त्यही एक बजे उहाले पत्रकार सम्मेलन बोलाउनु भएको छ ।
संसद बैठक सुचारू हुनुभन्दा पहिला राजीनामा दिने संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।