जनता टाइम्स

६ माघ २०७६, सोमबार ११:३२

सभामुखमा सापकोटा सर्वसम्मत नहुने, कांग्रेसले पनि उम्मेदवार खडा गर्दै


काठमाडौं, माघ ६

सभामुखमा नेकपाका अग्नी सापकोटा सर्वसम्मत नहुनु हुने भएको छ । प्रतिनिधि सभामा नेकपाको झण्डै दुई तिहाई मत भएपनि कांग्रेसले उम्मेदवार उठाउने भएको हो । यसअघिको निर्वाचनमा भने कांग्रेसले सभामुखमा उम्मेदवार उठाएको थिएन ।

औपचारिक निर्णय नभएपनि कांग्रेसले संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुषाललाई सभामुखको उम्मदेवार बनाउने सम्भावना देखिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले संसद बैठक सुचारु भएपछि एक दुई दिनमै पार्टीको बैठक बसेर समामुखको उम्मेदवारी दिने जानकारी दिनुभयो । कांग्रेसभित्र पूर्वउपसभामुख चित्रलेखा यादव र सचेतक पुष्पा भुषालको नाम चर्चामा रहेको छ । तर, कांग्रेसलाई उपसभामुख दिएमा भने कांग्रेसले सभामुखमा नेकपालाई सहयोग गर्ने नेताहरुले बताएका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा यसअघि पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ । आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो । सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ ।