जनता टाइम्स

६ माघ २०७६, सोमबार १८:१८

जिन्दगीमै पहिलो पटक अनुदान पाउँदा किसानको मुहारमा देखियो यस्तो चमक


इटहरि, माघ ६ । इटहरी ५ का हरिप्रसाद आर्चायले आठ बर्षको उमेरदेखि नै गाईपाल्दै आउनुभएको छ । अहिले पनि उहाँले १४ वटा गाई पालिरहनु भएको छ । उहाँले गाई पाल्न थालेको यतिका बर्षमा जिन्दगीमै पहिलो पटक अनुदान पाउनु भयो । इटहरी उपमहानगरले अनुदानमा कुटी काटने मेसिन र दुघ राख्ने क्यान प्रदान गरेपछि ७६ बर्षका जेष्ठ नागरिक आर्चाय निक्कै खुसी देखिनुहुन्थ्यो ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले आज १५ जनालाई कुटिकाटने मेसिन, ५ जनालाई दुई दुई वटा क्यान र पाँच जनालाई क्रिम निकाल्ने मेसिन प्रदान गर्नुभएको हो । उपप्रमुख गौतमले पशुपालक कृषकलाई उत्प्रेरित गर्दै आत्मनिर्भर वनाउन बिभिन्न समाग्री प्रदान गरिएको वताउनु भयो । उहाँले सात लाख वरावरको समाग्री प्रदान गरिएको वताउनु भयो ।

समाग्री प्राप्त गर्ने इटहरी ७ का कृषक रमेश भटटराईले स्थानीय सरकार पशुपालक कृषकका साथमा भएको आभाष मिलेको वताउनुभयो । उपमहानगरले पचासदेखि सत्तरी प्रतिशत अनुदानमा ती समाग्री वितरण गरेको हो ।