जनता टाइम्स

६ माघ २०७६, सोमबार २१:०७

मुस्कुराउदै संसद भवन छिर्नुभएका प्रधानमन्त्री


काठमाडौं, माघ ६

प्रधानमन्त्री केपी शर्मा ओली लामो समयपछि बालुवाटार बाहिर निस्कनु भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि चिकित्सकको सल्लाह बमोजिम उहा बाहिरको कार्यक्रममा खासै सहभागी हुनुभएको थिएन ।

भदौमा मृगौलाको उपचारपछि उहालाई थप समस्या देखिएको थियो । अहिले नियमित डायलासिस गरिरहनु भएका प्रधानमन्त्री ओली सोमबार संसद भवन नयाँ बानेश्वर पुग्नु भएको हो । सभामुखको चयनको प्रक्रिया शुरु गर्नका लागि बोलाइएको बैठकमा भाग लिन उहा त्यहा पुग्नु भयो । यसअघि अंग्रेजी पात्रो अनुसार नयाँ वर्षको पहिलो दिन प्रधानमन्त्रीसँग बालबालिका भन्ने कार्यक्रममा सहभागी हुन कमलादीस्थित प्रज्ञा भवन पुग्नु भएको थियो । त्यसपछि उहा पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुनु भएको हो ।

उहा आफ्नो पुरानो मुस्कानसहित नयाँ बानेश्वरस्थित संसद भवन पुग्नु भएको थियो । खैरो दौरासुरुवालमा निलो कोटसहित उहा त्यहा पुग्नु भएको थियो । बैठकमा पनि सहभागी हुनु भएका प्रधानमन्त्री ओलीले केही समय राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो लगायतका नेताहरुसग छोटो कुराकानी समेत गर्नुभएको थियो ।