जनता टाइम्स

७ माघ २०७६, मंगलवार १०:५०

भक्तपुरको कलात्मक सौन्दर्यबाट बेल्जियमकी राजकुमारी मनमोहित


भक्तपुर, माघ ७

एक साता लामो नेपाल भ्रमणका रहनु भएकी बेल्जियमकी राजकुमारी एस्ट्रिड भक्तपुरको कलाबाट मनमोहित हुनु भएको छ । आइतबार दिउँसो काठमाडौं आइपुग्नुभएकी राजकुमारी मंगलबार विहान भक्तपुर पुग्नु भएको थियो ।

उहालाई त्यहा पर्यटनमन्त्री योगेश भट्टराई र भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो । उहाले त्यहा रहेका ऐतिहासिक स्थलको भ्रमण गर्नुभएको थियो । नेपाली कला सस्कृतिबाट आफु निक्कै मनमोहित भएको प्रतिक्रिया दिनु भएको छ ।

एस्ट्रिडले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य, जनसंख्या एवं कानुनमन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीसँग उहाँले आज नै भेटवार्ता गर्ने बताइएको छ।

बेल्जियमबाट २३ वर्षपछि नेपालको उच्चस्तरीय भ्रमण भएको हो । सन् १९८० को दशकमा राजा अल्वर्ट द्वितीय अनौपचारिक भ्रमणका लागि नेपाल आउनुभएको थियो ।