जनता टाइम्स

७ माघ २०७६, मंगलवार १३:१४

नेकपाका नेता अग्‍नि सापकोटाद्वारा सभामुखमा मनोनयन दर्ता, राजपाले पनि गर्यो सहयोग


काठमाडौं, माघ ७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गर्नुभएको छ । संसद्‌ भवन नयाँ बानेश्वर पुगेर सापकोटाले आज मध्याह्न सभामुखमा उम्मेदवारी दिनु भएको हो ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन् । समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्ण रहनु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेपछि उहा सर्वसम्मत हुने सम्भावना बलियो छ ।

संसदमा प्रष्ट बहुमत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने भएकाले उम्मेदवारी नदिने निर्णय गरिएको कांग्रेसका एक नेताले जानकारी दिनुभयो । राजपाले पनि सापकोटालाई नै सहयोग गरेपछि कांग्रेस उम्मेदवारी दिनबाट पछि हटेको हो ।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले प्रतिनिधिसभाको गरिमा उचो बनाइराख्न भगिरथ प्रयास गर्ने बताउनु भयो । उहाले भन्नुभयो, ‘जननिर्वाचित सार्वभौम संस्थाको ओज, गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न भगरिथ प्रयत्न गर्नेछु।’

प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागियही माघ १२ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि संसद्‌ सचिवालयले आज ९मंगलबार० २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ।