जनता टाइम्स

७ माघ २०७६, मंगलवार १७:२०

धादिङ दुर्घटनामा ६ जनाको मृत्यु, २५ बढी घाइते


धादिङ, माघ ७

धादिङमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका–४ मन्डली दर्शन गरेर फर्केिएका दर्शनार्थी चढेको मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको प्रहरीले बताएको छ ।

निलकण्ठ नगरपालिका(८ मैदीभञ्जाङमा ग १ ख ८०१२ नम्बरको ट्रक पल्टिएको प्रहरीले जानकारी दिएको छ । ट्रकमा मण्डली दर्शन गरेर फर्किएका निलकण्ठ–२ भुलभुलेका स्थानीयबासी रहेकोजिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

गम्भीर घाइतेहरुलाई उपचारको लागि काठमाण्डौं ल्याउन जिल्ला प्रशासन कार्यालय, धादिङको अनुरोधमा गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टर धादिङ पठाइएको छ । बारेमा विस्तृत विवरण आउन बाँकी छ ।