जनता टाइम्स

७ माघ २०७६, मंगलवार २१:५७

नारायणगढ-मुग्लिङ सडक खण्डमा ठुलो पहिरो : सवारी आवागमन अवरुद्ध, रातभर खुल्ने संभावना न्यून


चितवन, माघ ७ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत तीन नम्बर पुल नजिक ठुलो पहिरो गएको छ । चितवनको इच्छा कामना गाउपालिका ५ स्थित ३ नं पुल निजक ठुलो पहिरो जाँदा बाटो अवरुद्ध भएको छ ।

केहीबेर अघि ठुलो पहिरो गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अत्यन्तै ठुलो ढुंगाहरु सडकमा आएपछि जेसिवीले हल्लाउन समेत सकेन । बिहानसम्म पहिरो खलाउने संभावना नरहेको प्रहरीको भनाई छ ।