जनता टाइम्स

८ माघ २०७६, बुधबार १२:५९

पार्टीभित्रको विवाद मिलाउन देउवा कसिए, असन्तुष्टलाई बोलाए आफ्नै निवासमा


काठमाडौं, माघ ८

नेपाली कांग्रेसभित्र देखिएको विवादबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले अग्रसरता लिनु भएको छ । जिल्ला सभापतिको भेलापछि पछाडी हट्नु भएका देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बैठक राख्नु भएको छ ।

बुधबार अपरान्ह ३ बजे सभापति निवासमा बैठक बस्न लागेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई बोलाइएको छ । पुस ११ गते सभापति देउवाले आफू निकट केन्द्रीय सदस्यहरू मात्रै उपस्थित बैठकबाट विभाग संख्या ४७ पुर्‍याउने, कार्यकाल एक वर्ष थप्ने, पार्टी सदस्यतासम्बन्धी धारा निलम्बन गर्ने र ०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय गर्नुभएको थियो ।

आफूहरूसँग परामर्श नगरी देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल र सिटौला समूह रूष्ट छ ।