जनता टाइम्स

८ माघ २०७६, बुधबार १४:०३

५ हजार घुस सहित प्रहरी जवान रङ्गेहात पक्राउ


शुभ नारायण कामती / सिरहा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको सुखिपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई ५ हजार घुस सहित अख्तियारको टोली आज बिहान पक्राउ गरिएको हो ।

घरायसी प्रयोजनकोलागि भारतीय बजार बाट समान ल्याउन सहयोग गरिने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ गरिएको यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगिने जनाइएको छ । यता केहीदिन अगाडि सडक डिभिजन कार्यालय लाहानबाट करिब १९ लाख घुस सहित ३ जना पक्राउ परेको थियो ।