जनता टाइम्स

८ माघ २०७६, बुधबार २०:२३

बाबुराम–उपेन्द्रका हस्तीले रोजे सत्तारुढ नेकपा, अध्यक्ष प्रचण्डसामू खोले समाजवादी छाडनुको यस्तो रहष्य


काठमाडौं, माघ ८ । डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालसहित ४२ जना नेता कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । भट्टराई र यादवको नेतृत्वको पार्टीबाट मुलुक र जनताको हितमा कुनै पनि काम नहुने निश्कर्षका साथ रिजालसहितका नेता कार्यकर्ता नेकपामा प्रवेश गर्नुभएको हो ।

उहाँहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज नेकपामा स्वागत गर्नुभयो । प्रचण्ड निवास खुमलटारमा आयोजना भएको पार्टी प्रवेश कार्यक्रममार्फत रिजालसहितका नेताहरुले समाजवादी पार्टी परित्याग गरेर नेकपामा रोजेको घोषणा गर्नुभयो ।

सो अवसरमा रिजालले समाजवादी पार्टीले जनचाहनाअनुसार काम गर्न नसकेको, नयाँ सोच पनि नभएको र क्षेत्रीय दलको रुपमा आफुलाई सीमित राखेकाले पार्टी परित्याग गरी परिवर्तन र समृद्धिको संवाहक नेकपा रोजेको बताउनु भयो । रिजालसहित खोटाङ, उदयपुर र सुनसरीका दर्जनौँ नेता कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका रिजालले जानकारी दिनुभयो ।