काठमाडौं, माघ ८
सभामुखलाई लौनचौरस्थित नयाँ निवासमा राखिने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवाससँगै रहेको सभामुखको निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेपछि सभामुखको नयाँ निवासको खोजी भइरहेको थियो ।
यसअघि उपराष्ट्रिपतिले प्रयोग गरेको निवासमा सभामुखलाई राखिने भएको हो । प्रतिनिधिसभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएसँगै सहरी विकास मन्त्रालय र संघीय संसद सचिवालयले सभामुखका लागि निवासको खोजी थालेको थियो । मन्त्रालयले सभामुखका लागि यसअघि उपराष्ट्रपति बस्दै आएको लैनचौरस्थित सरकारी घरलाई प्रयोग गर्ने जानकारी दिएको छ ।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बस्नु भएको थियो । उहा पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेपछि उक्त निवास खाली थियो । सुरक्षा र पार्किङका दृष्टिले पनि उक्त घर सभामुखका लागि उपयुक्त भएको सहरी विकास मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्