जनता टाइम्स

९ माघ २०७६, बिहीबार ११:५२

राष्ट्रिय सभा सदस्य निर्वाचन : बागमतीमा देखिएको रौनक (फोटोफिचर)


काठमाडौं, माघ ९

राष्ट्रिय सभाका १८ सदस्यका लागि आज मतदान भईरहेको छ । सातवटै प्रदेशमा विहान १० बजेदेखी मतदान जारी रहेको छ ।

यसैक्रममा बागमती प्रदेशको ललितपुरमा मतदान जारी छ । बागमतीमा महिला र अन्य समुहमा दुई जनाका लागि ललितपुर महानगरपालिका वडा नं. ४ वडा समितिको भवनमा मतदान भईरहेको छ । यहा प्रदेश सभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता रहेका छन् । बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले पनि मतदान गरिसक्नु भएको छ ।