जनता टाइम्स

९ माघ २०७६, बिहीबार १५:२२

इन्डोनेसियामा डु्ङ्गा पल्टिदा दश जना वेपत्ता


जाकार्ता, माघ ९

इन्डोनेसियाको पश्चिमी भू–भागमा पर्ने प्रान्तमा रियाउ २० जना यात्रु सवार रहेको एक डुङ्गा दुर्घटना हुदा कम्तीमा दश जना यात्रु वेपत्ता भएका उद्धारकर्ताले बिहीबार जनाएका छन् । इन्डोनेसियाली कामदारहरु बोकेर मलेसियातर्फ जान लागेको सो डुङ्गा बुधवार साँझ रुपाट टापू नजिक डुबेको प्रान्तीय खोजी तथा उद्धार कार्यालयका प्रमुख इशक ताहिरले बताउनु भएको छ ।

स्थानीय नाविकहरुले उद्धार गरेपछि १० जना कामदार दुर्घटनाबाट बचेका पनि ताहिरले बताउनुभएको छ । हराएका यात्रुहरुको खोजी र उद्धार भइरहेको बताइएको छ । यस उद्धारकार्यमा सुरक्षाकर्मी र उद्धार कार्यालयका कर्मचारीहरु लागेका छन् । त्यसैगरी मलेसियाबाट पनि उद्धारकर्मीहरुको सहभागीता रहेको जनाइएको छ । उक्त उद्धार तथा खोजी अभियान रुपाउ टापूको उत्तरी र पूर्वी भागमा पर्ने इलाकामा पनि भएको ताहिरले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

मलेसियाका उद्धारकर्ताहरुलाई रुपाउ द्वीपको सिमानामा र मलेसियातर्फको जलक्षेत्रमा पनि खोजी गरी सहयोग गर्न आग्रह गरेको बताइएको छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ । इन्डोनेसियाको विशाल द्वीपहरुमा आवतजावतको लागि यातायातको प्रमुख साधन डुङ्गा नै भएको तर सुरक्षा मापदण्डको अभावमा बारम्बार समुद्रमा दुर्घटना हुने गरेको पाइन्छ ।