जनता टाइम्स

९ माघ २०७६, बिहीबार १७:२७

प्रदेश–२ मा नेकपाकी तुलसा दाहाल विजयी


जनकपुरधाम, माघ ९

राष्ट्रिय सभाको प्रदेश–२ को महिलातर्फ नेकपा–राजपा गठबन्धनकी तुलसा दाहाल विजयी हुनु भएको छ ।

संयुक्त उमेदवार तुलसाले नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गर्नुभएको हो । निर्वाचन कार्यालयका अनुसार तुलसाले स्थानीयतर्फ स्‍थानीय तहतर्फ १४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत ल्याउनु भयो ।

उहाको कुल मतभार ५२०८ प्राप्त गर्दा कांग्रस उमेदवार नागिनाले स्थानीयतर्फ १३० र प्रदेशतर्फ ५० मत ल्याउनु भयो । उहाको कुल मतभार ४७४० प्राप्त गरेको आयोगले जनाएको छ । अहिले अल्पसंख्यक र खुलातर्फका उमेदवारको मतगणना भईरहेको छ ।