जनता टाइम्स

९ माघ २०७६, बिहीबार १७:३४

नेकपाका प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा अत्याधिक मतका साथ विजयी


पोखरा, माघ ९

राष्ट्रिय सभाको सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ विजयी हुनु भएको छ । उहा गण्डकी प्रदेशको पुरुष खुल्लातर्फबाट विजयी हुनु भएको हो ।

श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार सुर्यप्रसाद रेग्मीलाई पराजित गरेर ६ वर्षका लागि रािष्ट्रय सभा सदस्यमा निर्वाचित बन्नु भएको छ । श्रेष्ठले प्रतिद्वन्द्वी रेग्मीलाई १२१८ मतभारको अन्तरले पराजित गर्नुभयो । श्रेष्ठले ३४६२ मतभार प्राप्त गर्नुभयो भयो भने रेग्मीले २२४४ मतभार प्राप्त गर्नुभएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसैगरी महिला पदमा पनि नेकपाकै भगवती न्यौपानेले १ हजार २० मतभार ल्याएर विजयी हुनु भएको छ। उहाले काङ्ग्रेसकी विमला गौचनलाई पराजित गर्नुभयो । न्यौपानेले ३ हजार ३६६ मतभार ल्याउँदा गौचनले २ हजार ३४० मतभार ल्याउनु भएको थियो ।