जनता टाइम्स

९ माघ २०७६, बिहीबार १९:०९

राष्ट्रिय सभा निर्वाचन : प्रदेश–१ मा नेकपाको क्लिन स्विप


विराटनगर, माघ ९

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश–१ बाट नेकपाले क्लिन स्विप गरेको छ । नेकपाका तीनै जना उम्मेदवार ठुलो मतान्तरले निर्वाचित हुनु भएको हो ।

बिहीबार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित हुनुभयो । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित हुनु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
अच्छामीले ६ हजार ३ सय ३० मतभार पाउँदा उहाका प्रतिद्वन्द्वी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ र समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाउनु भयो ।

महिलातर्फ विजयी इन्दिरा गौतमले ६ हजार ४ सय २२ मतभार पाउनु भयो । अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाउँदा उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाउनु भयो ।