जनता टाइम्स

९ माघ २०७६, बिहीबार १९:२३

प्रदेश–५ मा नेकपाका तीनै उम्मेदवार विजयी


दाङ, माघ ९

राष्ट्रियसभा सदस्यका लागि प्रेदश–५ को तीन पदमा नेकपाका उमेदवार विजयी हुनु भएको छ । सत्तारुढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित हुनु भएको हो ।

नेकपाका तर्फबाट जगप्रसाद शर्मा ५ जजार ४ सय २४ मतभारसहित विजयी हुनुभयो । उहाका प्रतिष्पर्धी नेपाली कांग्रेसका मेराज अहमद हलवाइले १ हजार ९ सय ८६ मतभार प्राप्त गर्दा संघीय समाजवादी पार्टीका सुनिल सिंघलले ४२० मतभार प्राप्त गर्नुभयो । यस्तै, महिलातर्फ नेकपाका तर्फबाट विमला घिमिरेले ५ हजार ७७८ मतभार ल्याएर विजयी हुनुभयो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपाने २१०० मतभार प्राप्त गर्नुभयो ।

त्यसैगरी, अन्य समूहका तर्फबाट पनि नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपाल भट्टराईले ५ हजार ३८२ मत ल्याएर विजयी हुनुभयो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका बालकृष्ण पाण्डेले २ हजार ५२ मतभार प्राप्त गर्दा संघीय समाजबादीका तर्फबाट उम्मेदवार बनेका कृष्णप्रसाद यादवले ४४४ मतभार ल्याउनु भएको थियो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बन्नुभएका शिव पौडेलले भने १५६ मतभार प्राप्त गर्नुभयो ।