जनता टाइम्स

१० माघ २०७६, शुक्रबार ११:०३

महोत्तरीमा जब बाँदरले आगो ताप्दै चिया पियो


महोत्तरी, माघ १०

तराईमा यति बेला शितलहरले जनजिवन प्रभावित भएको छ । मानिसमात्र होइन घरपालुवा जनवार समेत शितलहरको चपेटामा परेका छन् । विहान बाक्लो हुस्सु लाग्ने दिउसो केही समय घाम लाग्ने गरेको छ ।

यसैक्रममा एक बादरले अगेनाको छेउमा चियाको चुस्की लिँदै गरेको तस्वीर सार्वजनिक भएको छ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै गरेको वाँदरको तस्वीर राष्ट्रिय समाचार समितिका धनवीर महतोले शुक्रबार खिचेर पठाएका हुन् ।