जनता टाइम्स

११ माघ २०७६, शनिबार ११:४३

नेकपाका अध्यक्षद्वय र देउवाबीच भेटवार्ता, यस्तो भयो कुराकानी


काठमाडौं, माघ ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । पछिल्लो राजनीतिक अवस्था र संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको बताइएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार बिहान छलफल सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाले दुई राजनीतिक दलबीच समसामयिक विषयमा छलफल भएको बताउनु भयो । संवैधानिक आयोगहरुमा नियुक्ति र उपसभामुखका विषयमा छलफल भएको बताइएको छ ।