जनता टाइम्स

११ माघ २०७६, शनिबार १६:४६

सांसद भट्टराईले गर्नुभयो ३६ योजनाको घोषणा (यस्ता छन् छनोटका योजना)


पोखरा, माघ ११

कास्की–२ बाट उपनिर्वाचनमा निर्वाचित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी सांसद विद्या भट्टराईले निर्वाचन क्षेत्र पुर्वाधार विशेष कार्यक्रमका योजना सार्वजनिक गर्नुभएको छ ।

पोखरामा शुक्रबार पत्रकार सम्मेलनमार्फत भट्टराईले ६ करोडका ३६ वटा योजना सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरेका योजनामा अधिकांस सडक, पुल लगायतका योजना समावेश छन् । उहाले निर्वाचनका क्रममा गरेका प्रतिवद्धता अनुरुप पूर्बाधार निर्माणमा जोड दिदै सडक, यातायात, शिक्षा लगायतको क्षेत्रमा रकम बिनियोजित गरेको बताउनु भयो ।

सांसद भट्टराईले पारदर्शी तरिकाले योजना छनोट गरिएको भन्दै बिकास योजनालाई एक संयन्त्र बनाएर निरन्तर अनुगमन गरिने घोषणा समेत गर्नुभयो ।

यस्तो छन् ३६ योजना