जनता टाइम्स

११ माघ २०७६, शनिबार १८:२९

जन्मदिनमा पनि विकास कै चिन्तामा सांसद महेश बस्नेत


काठमाडौं, माघ ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एंव पूर्वमन्त्री महेश बस्नेत भक्तपुरका प्रतिनिधिसभा सांसद हुन् । सांसदमा जितेपछि उनको दैनिकी नै विकाससँग जोडिएको छ । आफ्नो क्षेत्रमा उनि नपुगेको र नजाने गरेको ठाँउ छैन ।

उनले भक्तपुरमा शुरु गरेको हनुमन्त सफाइ अभियानले शनिवार एक सय हप्ता पुरा गरेको छ । संयोग मान्नुपर्छ सफाई अभियान एक सय हप्तामा पुगेकै बेला उहाको जन्म दिन पनि परेको छ । माघ १० गते सुर्यविनायक नगरपालिका–७ गुण्डुमा जन्मु भएको हो । जन्म दिनका दिन पनि उहा विकास निर्माणकै काममा खटिनु भएको थियो । शनिवार त विहानैदेखी उहा सरसफाइ अभियानको १ सय हप्ता सफल पार्न लाग्नु भएको थियो ।

झक्तपुरको राधेरोधमा आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्ति बस्नेत उपस्थित हुनु भएको थियो । कार्यक्रममा सांसद बस्नेतले मुलुकभर विभिन्न बहानामा गरिने विकास विरोधीको हिसाव–किताब हुने उल्लेख गर्दै विकास विरोधीलाई जनताले गाउँ गाउँबाट लखेट्ने चेतावनी दिनुभयो । सांसद बस्नेतले विकास विरोधीको हिसाव–किताव राख्ने बताउँदै हनुमन्ते करिडोर निर्माणमा जग्गा धनी कसैलाई पनि नोक्सान नपर्ने गरि हनुमन्ते जग्गा एकिकरण माफर्त सबैलाई क्षतिपूर्ति दिईने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशमै नमूना बनेको हनुमन्ते सफाइ अभियानलाई नयाँ अभियानमा सञ्चालनमा गर्ने जानकारी उहाले दिनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले हनुमन्ते नदी र सडकलगायतका क्षेत्रमा फोहर गर्नेलाई नगरपालिकाले जरिवानासहित कारवाही गरिने बताउनुभयो । ‘उठौँ, जागौँ, हनुमन्ते नदी सफाइमा सबै लागौँ’ भन्ने मूल नाराका साथ सरकारको लगानीबिना नै २०७४ फागुन १९ गते आज तत्कालीन जनसङ्ख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाइ अभियानका अगुवाइ गर्ने सांसद बस्नेतले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हनुमन्ते सफाइ अभियानले १०० हप्ता पूरा गरेको छ ।