अमेरिका, बैशाख ३१
गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा युथ कोअर्डिनेटरका प्रत्यासी युवा व्यवसायी प्रितम कुसियत दुई अध्यक्षका साझा उम्मेदवार बन्ने निश्चित भएको छ । अध्यक्षका प्रत्यासी सूर्य लम्साल र सञ्जय थापाको समहुले नै कुसियतलाई साझा उम्मेवार बनाउने सहमति गरेका छन । यूथको अर्डिनेटरका प्रत्यासी कुसियतले थापा र लम्साल दुवैले आफुलाई साझा उम्मेद्वारका रुपमा अघि सारेको बताउनु भयो ।
‘म दुवै अध्यक्षको साझा उम्मेदवारको रुपमा मैदानमा खडा भएको छु, मेरो उद्धेश्य युवा र व्यवसायिक व्यक्तिहरुलाई एनआरएनए अभियानमा संलग्न गराउने हो, चुनाव जितेपछि म यही काममा लाग्नेछु,’ कुसियतले भन्नुभयो, ‘यसकारण दुवै टिमले मलाई रोजेको हो । म साझा उम्मेदवार बनेको छु ।’ कुसियतलाई आफ्नो टीममा सहभागी गराउने अध्यक्षद्वय थापा र लम्सालबीच नै चुनाव जित्नेमा प्रतिस्पर्धामा रहेका छन । एमबिएसम्मको अध्ययन पूरा गर्नुभएका कुसियतमा युवाहरुलाई संगठित गर्न सक्ने खुवी रहेको छ । आफूले चुनाव जितेको अवस्थामा एनआरएनएमा बिगत भन्दा निकै परिवर्तनको अनुभुति दिलाउने अठोट उहाँको छ ।
युएसए आईटी कर्पोरेशनको संचालक रहनुभएका कुसियतले अहिलेसम्म पुरा हुन नसकेको कार्यलाई पुरा गर्नका लागि र एनआरएनको सामाजिक सहभागीता बृद्धि गर्नका लागि आफ्नो भुमिका रहने बताउनु भयो । अमेरिकाभरीका युवालाई मुल धारमा ल्याउनका लागि आफुले सक्दो सहयोग गर्ने घोषणा गरेका कुसियतले सबै तह तप्कालाई समेटेर एनआरएनलाई नयाँ उचाई थप्ने काममा लाग्ने बताउनु भयो । एनसीसी युवाहरुको संस्था भएकोले यसलाई विवाद मुक्त बनाउने आफ्नो भुमिका हुने समेत चुनावी एजेण्डा अघि सार्नुभएको छ । सुनसरीबाट अमेरिका पुगेका कुसियतले धेरै नेपालीलाई रोजगारी समेत प्रदान गर्दै आउनु भएको छ ।
नेपालीले बिदेशमा केही गर्न सक्दैनन् भन्ने कुरालाई चिर्दै अघि बढेका युवा उद्यमी कुसियत अमेरिकाको सिकागो सहरमा बस्दै आउनुभएको छ । उहाँले युनाईटेड नेप्लीज एसोसियसनमा युएनए मिड वेस्ट रिजनल कोर्डिनेटरको अनुभव समेत बटुलिसक्नु भएको छ । एनसीसी युथ कोर्डिनेटरमा उम्मेदवारी दिएका कुसियतको मूख्य उदेश्य भनेको अमेरिकामा रहेका युवाहरुलाई मुलधारमा ल्याउनु रहेको बताउनु भयो । सुनसरीको कोशी गाउँपालिकामा निवासी कुसियत सन् २००८ मा अमेरिका आइपुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्