जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार २१:४०

एनआरएनए अमेरिका निर्वाचन : हरेक च्याप्टरलाई आर्थिक सहयोग दिने यस्तो छ कोषाध्यक्षका प्रत्यासी रविन बज्राचार्यको अठोट


अमेरिका, बैशाख ३१

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनमा कोषाध्यक्षका उम्मेद्वार रविन बज्राचार्यले एनआरएनएको संस्थागत बिकाश नै आफ्नो एजेण्डा रहेको बताउनु भएको छ ।

चुनावी अभियानको क्रममा रहनुभएका बज्राचार्यले आफू एनआरएनए अमेरिकालाई संस्थागत बिकाश गर्नका लागि र आर्थिक रुपमा पारदर्सी बनाउन कोषाध्यक्षमा उम्मेद्वार बनको बताउनु भयो ।

यस्तो छ बज्राचार्यको अठोट

म युएसए र ग्लोबल एनआरएनएमा निरन्तर लागिरहेको छुँ । मेरो परिचय दिँदै गर्दा एनआरएनए अमेरिकाको इतिहासमा सबै भन्दा धेरै चुनाव लडेको छुँ । मैले धेरै पटक चुनावमा हार्ने गरेको छु । तर मेरा मुद्दाले जहिले जित्ने गरेका छन् । हाम्रै कारणले गर्दा आज एनआरएनए अलिकति भए पनि सुदृढ भएको छ । तपाईहरुको अगाडि आएर म ढुक्कसंग भन्न सक्छु एनआरएनएको लागि केही राम्रो काम गरेको छु । तपाईहरुको सहयोग पाए अझै धेरै गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । अबको मेरो एजेन्डा भनेको एनआरएनएको संस्थागत विकास गर्ने हो । यसैको लागि म कोषाध्यक्ष पदमा उम्मेद्वार दिएको छु ।

एनआरएनए अमेरिकाको विधानमा खासगरी एउटा विशेष व्यवस्था छ । त्यो व्यवस्था के हो भने कोषाध्यक्ष एक्लैले ५ सय डलरको चेक काट्न सक्छ । कुनै पनि च्याप्टरले काम गर्दै गरेको देखियो भने ५ सय डलरको चेक काटेर दिनसक्छु । कसैले यो काम गर्छु भनेर राम्रो प्रपोजल गर्यो भने उपाध्यक्षको सहमतिमा २ हजार डलरसम्मको चेक काटेर च्याप्टरलाई सहयोग गर्न सक्छु । त्यस्तै अध्यक्षको सहमतिमा ५ हजार डलरसम्मको चेक काटेर राम्रो काम गर्नेलाई दिन सकिन्छ । यसले गर्दा च्याप्टरले धेरै राम्रो काम गर्न सक्छ । च्याप्टरले राम्रो संग काम गर्यो एनआरएनको संस्थागत विकास गर्न सजिलो हुन्छ । सदस्यको संख्या पनि बढाउन सजिलो हुन्छ ।

अहिले कसैलाई सदस्य बन भन्दा कुनै च्याप्टरले राम्रो काम गरेको भए पो उत्सुक हुन्छन् । अहिले एनआरएनए अमेरिकाको सदस्य बन्न धेरै चाहँदैनन । किनकि कुनै पनि च्याप्टरले राम्ररी काम नै गरेका छैनन् । एनआरएनको ढुकुटीमा ३ लाख डलर भन्दा बढी पैसा छ । तर त्यसलाई राम्रो ठाउँमा प्रयोगमा ल्याउन सकिएको छैन । नेपाली भाषा, संकृति, कलाको विकास गर्नको लागि पैसा ढुकुटीमा राखेर हुँदैन मोविलाईजेसन हुनुपर्छ । यो नै मेरो प्रमुख एजेन्डा हो ।
एनआरएनए केही सिमित व्यक्तिको हातमा छ । त्यसलाई खोस्नको लागि पनि हामी आन्दोलित हुन जरुरी छ । न्यायको लागि हामी सबैले राम्रो मान्छेलाई छान्नु पर्ने छ । यो पटक स्वतन्त्र सदस्य हुनेको संख्या करिब ३ हजार छ । त्यो ३ हजार भनेको डिसाइडिङ फ्याक्टर हो । ३ हजार भोटले कुनैलाई हराउन सक्छ भने कुनैलाई जिताउन सक्छ ।

कोषाध्यषमा उम्मेदवारी दिएका सबै राम्रै छन् तर ती भन्दा म अलि फरक छु । मैले बहुमतले जित्दैछु । तपाईहरुले भोट खेर नफाल्ने हो भने मैले अत्याधिक बहुमतले जित्नेछु । तपाईहरुले मलाई दिएको भोट खेरा जाने छैन । मैले जिते भने एनआरएनएको सुदृढीकरण संस्थागत विकासमा राम्रो भुमिका खेल्नेछु भन्ने प्रतिबद्धता व्यक्त गर्दछु । मेरो जीत भनेको तपाईहरु सबैको जित हो ।