जनता टाइम्स

१२ माघ २०७६, आईतवार १३:३१

आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोट


गुवाहाटी, माघ १२

भारतमा गणतन्त्र दिवसकै दिन आइतबार बिहान पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन् । यी बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरुले बताएका छन् ।डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन् ।

अर्को बिस्फोट डुलियाजानमा भएको थियो । चराइदेओ जिल्लाको टिओक घाट नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ । राज्यका वरिष्ट प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको छ । उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ ।