जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार २२:१९

पैसा खर्च गरेर मतदाता किन्ने र सिष्टम कव्जा गरेर निर्वाचन जित्न खोज्नेलाई सञ्जय थापाको कडा चुनौती


न्यूयोर्क, बैशाख ३१

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनको मिति नजिकिँदै जाँदा अध्यक्षका उम्मेद्वार सञ्जय थापाको होम टाउनमा भव्य चुनावी कार्यक्रम सम्पन्न भएको छ । सञ्जय थापा जिताऔं अभियानले थापाको होम टाउनमा आम अमेरिकाबासी नेपालीको मन जित्ने गरी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा थापालाई बिजयको शुभकामना दिँदै थुप्रै प्रतिष्ठित ब्यक्तिहरुले आफ्नो धारणा राखेका थिए । अध्यक्ष गोरखा समाजका विकास पाण्डे, हामी नेपालीका महासचिव मंगलदास श्रेष्ठ तामांङ सोसाइटीका अध्यक्ष लाक्यन लामा तामांङ, जनजाती महिला महासंघकी अध्यक्ष संगिनी राना मगर, समाजसेवी उपेन भट्ट, समाजसेवी नर्वदा क्षेत्री, सन्चार कर्मी सैलेष श्रेष्ठलगायत समाजका अगुवाहरुले थापालाई बिजयको शुभकामना दिनुभएको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार थापाले आफ्ना भनाईहरू राख्दै गम्भीर सवाल उठाउनु भयो ।

थापाले प्रश्न गर्नुभयो, ‘आज लोकतन्त्रवादी भन्नेहरुले आफ्नो उम्मेदवार भनेर भोट मागिरहदा हिजो नेपालको संविधान निर्माण भएको खुसियालीमा यही सत्यनारायण मन्दिरमा सन्जय थापा र आनन्द विष्टहरु दिपावली गरिरहदा तपाईको उम्मेदवार काहॉ थिए ? हिजो नाकावन्दीको विरुद्ध हामी डि सि माँ नाकाबन्दीको विरूद्ध प्रदर्शन गरिरहदा अर्को तर्फ वसेर हामीलाई गिज्याई रहनेहरु नै होईनन तपाईहरुको उम्मेदवार ?’

थापाले कोठामा वसेर आफ्नो व्यवसायीको पार्टनरको श्रीमतीको नामको कम्पनिवाट वेभसाइट निर्माण गरी सवै सिस्टम आफ्नो हातमा कव्जामा लिन षडयन्त्र गर्नेहरुलाई समर्थन गर्रेर लालमोहोर लगाउने काम नगर्न पनि सवैलाई अपिल गर्नुभयो । उहाँले आफ्नो कामको मुल्यांकण गरी एनआरएनलाई सुधारको बाटोमा लैजानका लागि सहयोगी बन्न पनि आग्रह गर्नुभयो । ‘हामी न्युयोर्कको हरेक सामाजिक गतिविधी सगंलग्न भइरहदा तपाईहरुले समर्थन गरेका उम्मेदवारहरु कुन कुन अभियानमा काहा काहॉ हामी संग थियौं ? कमसेकम निर्वाचन अगाडि आ आफ्ना उम्मेदवारहरुसंग यी प्रश्नहरु गर्नुस,’ थापाले भन्नुभयो ।

एनआरएन अमेरिकाभित्र रहेका विक्रिति र विसंगतिलाई जरैदेखि उखल्दै चार लाख नेपाली अमेरिकनहरूले हाम्रो एनआरएन हो भन्ने वनाउन र हरेक निर्वाचन पछि मतदानमा धॉदली भयो भन्दै अदालत जानुपर्ने वाध्यताको अन्त गर्ने, अमेरिकावासी सबै नेपालीको जिवनस्तर उच्च वनाउने वा सफल प्रवासी वनाउदै नेपालसंगको सम्वन्धलाई कसिलो बनाउने अठोट पनि थापाले गर्नुभयो ।

कार्यक्रममाअध्ययक्षका उम्मेदवार संजय थापा, वरिष्ठ उपाध्यक्षका उम्मेदवार नारायण कडेल,उपाध्यक्षका उम्मेदवार रामवावु पाण्डे, महिला संयोजक सुनिता खत्री, यूवा संयोजक प्रितम कुसियत, बोर्ड सदस्यहरू जीवन जोशी, टेकराज पौडेल, टंक रेग्मी, छत्र गुरूङ, देवराज न्यौपाने, खीम भट्टराई पनि हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता टेक गुरुङ, सञ्चालक कृष्ण लामिछाने र स्वागत राधाकृष्ण देउजाले गर्नुभएको थियो भने याम लामाले धन्यवाद दिनुभएको थियो ।