जनता टाइम्स

१२ माघ २०७६, आईतवार १८:५३

महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्दै सरकार, मन्त्री गुरुङबाट आयो यस्तो अठोट


काठमाडौं, माघ १२ । सरकारले महिला उद्यमीहरुको राष्ट्रिय भेला गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गर्नुभएको हो ।

काठमाडौंमा आज आयोजित ‘महिला उद्यमीहरुको राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैैं उहाँले ग्रामिण क्षेत्रमा महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी आवश्यक नीति र कार्यक्रम तय गर्ने उद्देश्यका साथ सबै स्थानीय तह र जिल्लाहरुका महिला उद्यमीहरु सहभागी हुने गरी राष्ट्रिय भेला गर्न लागिएको बताउनु भयो । ‘महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन नयाँ नीति र कार्यक्रमको आवश्यक्ता छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सरकारले चालू आर्थिक वर्षभित्रै उद्यमी महिलाहरुको राष्ट्रिय भेला आयोजना गरी ठोश नीति तय गरिनेछ ।’

उहाँले महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघ, संस्थाहरुलाई पनि ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने गरी काम गर्न सचेत गराउनु भयो । मन्त्री गुरुङले उद्यमशीलताको माध्यामबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा लाग्ने संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढन सरकार तयार रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई उद्यमशील बनाउने वातावरण तय हुनेगरी ऐन, कानुन संशोधन गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो ।

महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन नयाँ नीति र कार्यक्रमको आवश्यक्ता छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सरकारले चालू आर्थिक वर्षभित्रै उद्यमी महिलाहरुको राष्ट्रिय भेला आयोजना गरी ठोश नीति तय गरिनेछ

हाल संचालनमा रहेका संघ, संस्थाहरुले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेपनि त्यसले अपेक्षित नतिजा नदिएकोले सरकारले नयाँ ढगबाट काम गर्न चाहेको मन्त्री गुरुङको भनाई थियो ।