जनता टाइम्स

१३ माघ २०७६, सोमबार ०८:३४

हेलिकप्टर दुर्घटना : सर्वोत्कृष्ट खेलाडी कोबी ब्रायन्टसहित ९ जनाको मृत्यु


काठमाडौं, माघ १२ । बास्केटबलको इतिहासमा विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडीका रुपमा लिइने गरेका कोबी ब्रायन्टको असामयीक निधन भएको छ । अमेरिकी बास्केटबल लेजेण्ड ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको हो ।

क्यालिफोर्नियाको कालबाबासास शहरमा भएको हेलिकप्टर दुर्घटनामा ब्रायन्टसहित ९ जनाको निधन भएको हो । हेलिकप्टर दुर्घटनामा ब्रायन्टकी छोरी जियानाको पनि मृत्यु भएको छ । ब्रायन्ट छोरीसहित निजी हेलिकप्टरमा दुर्घटनामा परेको हो ।  ब्रायन्ट पाँचपटकका एनबिए च्याम्पियन हुन् । उनलाई बास्केटबलको इतिहासमा सर्वोत्कृष्ट खेलाडीका रुपमा लिइन्छ ।