जनता टाइम्स

१३ माघ २०७६, सोमबार ०९:५१

गायिका आस्था राउत पुगिन् प्रहरी कार्यालय


काठमाडौं, माघ १३

अभद्र व्यवहार सम्वन्धि मुद्दामा प्रहरीले गायिका आस्था राउतलाई नियन्त्रणमा लिएको छ । राउतलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएको विवादमा प्रकाउ पुर्जी जारी भएपछि राउत प्रहरी कार्यालय पुगेकी हुन् । उनलाई त्यहीबाटै नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिनुभयो । आस्था कार्यक्रममा सहभागी हुन केही दिन अघि भारत पुगेकी थिइन् ।

यसअघि उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको थियो । माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियो । प्रहरी स्रोतका अनुसार दुवै पक्षलाई राखेर मिलापत्र गराउने तयारी भईरहेको छ । विमानस्थलमा आस्थाले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेको थियो ।