काठमाडौं, माघ १३
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटामाथी परेको मुद्दाको रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । सापकोटालाई पक्राउ गर्न र सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश मल्लको इजलासमा परेको हो ।
गत शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिट हिजो पहिलो दिन न्यायाधीश हरीप्रसाद फुयाँलको इजलासमा परेको थियो । तर फुयाँलले हेर्न नमिल्ने भएपछि आजका लागि सरेको थियो । सोमबार भने न्यायाधीश प्रधान मल्लको एकल इजलासमा परेको छ ।
हिजै प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित सापकोटाले ११ बजे राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै हुनुहुन्छ । यता, सापकोटाको रिट मल्लको इजलासको सातौं नम्वरमा परेको छ । त्यसकारण सपथ लिएपछि उहामाथीको रिटमा सुनुवाई हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्