विराटनगर, माघ १३
गौरादह नगरपालिकाबाट प्रदेश राजधानी विराटनगरमा बसोबास गर्ने नागरिकले गौरादह–बिराटनगर सम्पर्क समाज गठन गरेका छन् । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको कार्यक्रममा समाज गठन गरिएको हो ।
पुराना कम्युनिष्ट नेता इन्द्र नेउपानेको अध्यक्षतामा १७ सदस्य गौरादह–प्रदेश राजधानी बिराटनगर सम्पर्क समाज गठन गरेको छ । गौरादहबाट विभिन्न काम र बसाई सरेर आएका विराटनगरमा बसोबास गरिरहेका समाजमा रहेका छन् । समाजले गौरादहको विकासका लागि सहयोग गर्ने गरी गठन गरिएको नेउपानले बताउनु भयो । कार्यक्रममा मन्त्री कार्की सहित संविधान सभा सदस्य दीपक कार्की, पूर्व सचिव, माधव रेग्मी, गौरादह नगरपालिका मेयर, उपमेयर, वाडाधक्ष्यहरू, विभिन्न पार्टीका गौरादहका अध्यक्षहरूका साथै बराह नगरपालिका मेयर निलम खनाल लगायत सहभागी हुनु भएको थियो ।
कार्यक्रममा मन्त्री कार्कीले गौरादह नगरपालिकालाई नेपालको नमुना नगर बनाउने घोषणा गर्नुभयो । उहाले गौरादह छाडेर बाहिरिने हरूलाई पुन फर्कन आग्रह समेत गर्नुभयो । गौरादहकै स्थानीयबासी उहाले यो संस्था गौरादहको हितमा स्थापना भएकोमा खुसी प्रकट समेत गर्नुभयो । संविधान सभा सदस्य कार्कीले भने समाज गठन हुनु एउटा इतिहांसिक कोशेढुड्गा स्थापना भएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमा गौरादहमा शिक्षा सेवी केशव लोहनी र उहांकी धर्मपत्नी निरन्जना लोहनी सम्मानित गरिएको थियो । गायक साजन राईका गीत र कवि खगेन्द्र नेउपानेले कार्यक्रममा कविता बाचन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्