जनता टाइम्स

१३ माघ २०७६, सोमबार ११:२७

२२ लाखसहित समातिए कांग्रेसबाट निर्वाचित वडाध्यक्षसहित १६ जुवाडे


कैलाली, माघ १३

कैलालीबाट १६ जना जुवाडृ २२ लाख ८२ हजार नगदसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– ३ स्थित तिलक अधिकारीको घरबाट उनीहरु गएराति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । जुवा खेल्दै गरेको अवस्थामा आइतबार राति नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१० का २८ वर्षीय रवीन्द्र शाही, कञ्चनपुर भीमदत्तनगर–३ का २४ वर्षीय धिरेन्द्र चन्द, बेलौरी नगरपालिका–१का ३४ वर्षीय भुवन कुँवर, धनगढी उपमहानगरपालिका–३ का ३८ वर्षीय तिलक अधिकारी, ३४ वर्षीय रमेश खड्का, ३५ वर्षीय खेमराज भट्ट, ४१ वर्षीय जनक दौल्यान, गोदावरी नगरपालिका–१० का २८ वर्षीय सन्देश तामाङ छन् ।

यस्तै गोदावरी–३ का ३८ वर्षीय मोहन खड्का, वैतडी दशरथचन्द नगरपालिका–८ का ३१ वर्षीय अमित गुरु, बझाङ जयपृथ्वी नगरपालिका–१० का ३५ वर्षीय प्रेमबहादुर सिंह, दशरथ चन्द नगरपालिका–४ वैतडीका ३० वर्षीय सुर्य भट्ट, वैतडी पुर्चौडीका ५० वर्षीय कालुसिंह धामी, धनगढी उपमहानगरपालिका–३ का ३७ वर्षीय चन्द्रमणि अधिकारी, नौगाड दार्चुलाका ३३ वर्षीय जयसिंह धामी र दार्चुलाकै महाकाली नगरपालिका–४ का ३८ वर्षीय मंगल ठगुन्ना छन् ।