जनता टाइम्स

१३ माघ २०७६, सोमबार ११:५६

सभामुख सापकोटाले लिनु भयो राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ


काठमाडौं, माघ १३

सभामुखमा निर्वाचित हुनु भएका अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ गराउनु भएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित रहेको थियो । सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित हुनु भएको हो । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री समेत भईसक्नु भएको छ ।