जनता टाइम्स

१३ माघ २०७६, सोमबार १६:०७

रेस्लर जुरेलीको अभिनयमा ‘आँखामा तीमी’ (भिडियोसहित)


काठमाडौं, माघ १३

चर्चित रेस्लर एवं मोडल अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको ‘आँखामा तीमी’ सार्वजनिक भएको छ । गायक राजेन्द्र बजगाईंकै संगीत रहेको नयाँ गीतको शब्द डीपी खनालको छ । गीतमा बजगाईँलाई चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन् ।

पर्यटकीय क्षेत्र मुस्ताङमा खिचिएको उक्त भिडियोमा रक कौशलको छायांकन, बजगाईंको निर्देशन र विकास दाहालले सम्पादन गरेका हुन् । बजगाईले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका उक्त भिडियो आठ हजार बढीले हेरिसकेका छन् ।