जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १०:२३

रुपन्देही दुई ट्रक एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु


बुटवल, माघ १४

रुपन्देही दुई ट्रक एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका चार स्वीलिहवामा भएको दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान करिब साढे ५ बजे एकापसमा ठोक्किएका हुन् । प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्ही नन्दन गाउँपालिका ४ का अन्दाजी ३५ वर्षीय लालु कुर्मी, भविकन कुर्मी र पूर्णबहादुर भुजेल रहेका छन् ।

भुजेलको ठेगाना खुलिसकेको छैन । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।