जनता टाइम्स

१४ माघ २०७६, मंगलवार १६:०४

गायिका आस्था राउत धरौटीमा रिहा


काठमाडौं, माघ १४ । गायिका आस्था राउत प्रहरी हिरासतबाट मुक्त हुनुभएको छ । गायिका राउत ४ हजार धरौटीमा प्रहरी हिरासतबाट मुक्त हुनुभएको हो ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उहाँमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिनुभएको थियो ।

उजुरीका आधारमा राउतविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो । राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले तत्कालै पक्राउ नपरे पनि आफै प्रहरीम ाउपस्थित हुनुभएको हो । सोमबार बिहान उनले प्रहरीमा उपस्थित हुनुभएकी राउतलाई धरौटीमा रिहा गरिएको हो ।